Khadadevi temple

खाँडादेवी मन्दिर रामेछाप एबम् आसपास का जिल्लाहरूमा सबैभन्दा प्रसिद्ध मन्दिरहरू मध्ये एक हो । यो मन्दिर समुद्री सतहबाट 1985 मिटरमा अवस्थित छ। रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नम्बर ७ को उचाईमा रहेको खाँडादेवी रामेछाप जिल्लाको ऐतिहासिक तथा पौराणिक स्थल हो जुन पुरातन ढुङ्गाको पर्खालले बनेको छ। खाँडादेवी मन्दिर देवी खाँडादेवीको आकर्षक हिन्दू मन्दिर हो। 1458 मा, एक गोठालाले रामेछापमा यो मन्दिर बनाएको भन्ने पौराणिक कथा छ र अहिले यो रामेछाप जिल्लाको प्रमुख धार्मिक एबम् सांस्कृतिक स्थल हो । शक्तिपीठको रूपमा सदियौंदेखि भक्तजनहरूले मान्दै आएको खाँडादेवीमा चैते दसैं र बडादसैंको बेला ठूलो मेला लाग्ने गरेको छ । दसैंको बेला ठूलो मात्रामा पञ्चवली दिइने खाँडादेवीमा वर्षैभरी रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा लगायत तराईका विभिन्न जिल्ला र काठमाडौंबाट पनि भक्तजनहरु दर्शनका लागि आउने गरेको पाइन्छ


Comments